देश संकटग्रस्त अवस्थामा पुग्योः अध्यक्ष थापा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थालाई पाखा लगाएर शुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यास पछि अहिले देश झन संकटग्रस्त हुँदै गएको निष्कर्ष निकालेको छ ।
शुक्रबारदेखि काठमाडौँमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा देश झन संकटग्रस्त हुँदै गएको सरकार पुरै असफल हुँदै गएको निश्कर्ष निकालिएको हो । थापाले पेश गरेको कार्यपत्रमा तिव्र गतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल पहिलो नम्बरमा रहेको उल्लेख गरिएको छ ।
कार्यपत्रमा अगाडि भनिएको छ,’ धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकेमा यसले अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबल्याउने र देशलाई गंभीर धार्मिक द्वन्द्वमा फसाउने टड्कारो संभावना छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE