Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेपालको पहिलो जित

काठमाडौं – माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।

मालेमा मंगलबार राति श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालले श्रीलंकामाथि ५५-४९ को जित निकालेको हो ।

यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।

प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् । राउण्ड रोबिनको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE