ओली र (एमसीसी) उपाध्यक्ष फातिमा बीच छलफल जारी
२४ भदौ,काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली बालकोट पुगेको छ ।

विहीबार दिउँसो एमसीसी उपाध्यक्ष सुमार र नायब उपाध्यक्ष ब्रुक्ससहितको टोली बालकोट पुगेको हो। ४ दिने भ्रमणका लागि विहीबार (आज) बिहान मात्रै कतार एयरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको एमसीसी उपाध्यक्ष सुमारसहितको टोलीले पहिलो भेट प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग गरेको हो ।

अहिले बालकोटमा एमसीसी टोली र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल भइरहेको जानकारी गराइएको छ । उक्त छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन्।
एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालसँग बेग्ला–बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE