Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

यातायातमन्त्री मन्त्री नेम्वाङलाई सङ्क्रमण पुष्टि

३ कात्तिक 
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

आज भएको पीसीआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गर्नुभएको छ ।

अहिलेसम्म सङ्घीय सरकारमा तीन मन्त्रीलाई सङ्क्रमण पुष्टि भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE