(एमसीसी) आवश्यक संशोधन गरेर अगाडि बढाउने : एमाले
२७ भाद्र ,काठमाडौँ-नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ।
तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए।
‘एमसीसीलाई रिजेक्ट गर्ने एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो डिस्कोर्स होइन। एमसीसीमा भएका कतिपय व्याख्याहरुलाई पुनर्व्याख्या गर्नुपर्नेछ छ । अझै बढी राष्ट्रिय हित अनुकूल बनाउनुपर्ने छ।
यी सबै कुरामा आवश्यक संशोधन गरेर एमसीसी अगाडि बढाउने भन्ने त्यो बेला (तत्कालीन नेकपाको तीन सदस्यीय कार्यदल) को निर्णय हो। अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ,’ उनले भने। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE