नागरिकता अध्यादेश प्रमाणीकरण भएकोमा खुशी छु : प्रभु साह
९ जेठ, काठमाडौँ – निवर्तमान शहरी विकास मन्त्री एवम् नेकपा (एमाले) को नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताउनुभएको छ ।
आइतबार राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताउनुभएको छ ।
‘नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बञ्चित रहेको हुँदा उहाँहरुले नागरिकता पाउनुमा म खुशी छु । यसका लागि प्रधानमन्त्री एवम् राष्ट्रपतिलाई विशेष धन्यवाद दिन्छु’, साहले भन्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE