Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

अवैध लागूऔषध सहित कैलालीबाट दुईजना पक्राउ

अवैध लागूऔषध सहित कैलालीबाट दुईजना पक्राउ

१७ जेठ, काठमाडौं– कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपलिका–१ गौनिया बस्ने २८ वर्षीय गणेश कोली र सोही नगरपालिका–२ रजवारा बस्ने ३२ वर्षीय मनोज मल्ल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प ८६४७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी स्कुटर चालक कोली र स्कुटरमा सवार मल्ललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE