Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सहमतिभित्र समृद्धिको महान आकांक्षा छ: विप्लव

२१ फागुन
काठमाडौँ –
नेकपाका महासचिव विप्लवले सरकारसँग सहमतिको वातावरण बनाउने सबैलाई धन्यवाद दिनु भएको छ ।
राष्ट्रिय स्वाधीनता, आत्मनिर्भरता र समृद्धिको चाहना सहमतिभित्र रहेको विप्लवले बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल सरकार र आफ्नो पार्टीबीच भएको सहमतिभित्र समृद्ध जीवन बिताउने नेपाली युवाहरूको चाहना र समृद्धिको आकांक्षा लुकेको बताउनु भएको छ ।

“नेपाली राजनीतिक आन्दोलनको यो एउटा नयाँ दिन हो। यसलाई सफल पार्न योगदान गर्ने वार्ता टोलीका मित्रहरूलाई म बधाई र धन्यवाद दिन चाहन्छु,” नेपाल सरकार र नेकपाबीचमा सम्पन्‍न सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले भने, “यो सहमति गराउन विभिन्‍न क्षेत्रबाट भूमिका पुर्‍याउने कानुनविद, पत्रकार, मानवअधिकारवादी, बुद्धिजीवि, सेना, प्रहरी र अन्य कम्युनिस्ट पार्टीका मित्रहरू सबैलाई यो अवसरमा म सम्मान गर्न चाहन्छु र धन्यवाद भन्‍न चाहन्छु।”

“यो सहमतिको पछाडि हाम्रो एउटा महान आकांक्षा छ। नेपाललाई स्वाधीन, आत्मनिर्भर र सुन्दर बनाउने आकांक्षा छ। समृद्धिको आकांक्षा, नेपाली युवाहरूले राखेको समृद्ध जीवनको चाहना यसभित्र रहेको छ। यसलाई पूरा गर्नका लागि सम्पूर्ण क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त गर्‍यौं। हामी खुसी छौं र हामी धन्यवाद भन्‍न चाहन्छौं।”

WRITE COMMENTS FOR THIS ARTICLE