Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

फेरि बढ्यो सुनको मूल्य

५ आश्विन, काठमाडौँ – मंगलबार सुनको मूल्य फेरि तीन सयले बढेर तोलाको ८९ हजार दुईसयमा कायम भएको छ। अघिल्लो दिन सुन ८८ हजार ९ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको ११ सय ३५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहको छ।

WRITE COMMENTS FOR THIS ARTICLE