आफन्त विस्तार प्रतियोगिताका पुरस्कृतहरु सार्वजनिक
आफन्त विस्तार प्रतियोगिताका पुरस्कृतहरु सार्वजनिक
१८ भदौ, काठमाडौं– नेपालीहरुले बनाएको व्यवसायिक सामाजिक सञ्जार्ल आफन्त’ ले गत दुई महिनादेखि सञ्चालन गरेर्को आफन्त विस्तार प्रतियोगिता’ को पुरस्कृतहरुलाई सार्वजनिक गरेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा गोलाप्रथाबाट पाँच जना बिजेताको नाम सार्वजनिक गरिएको हो ।
विजेताहरुमा सुस्मिता डगौरा, सुशील मोक्तान, सुजित प्रसाद कुशवाहा, निशा पराजुली र विमलधन राई हुनुहुन्छ ।
भाग्यशाली बिजेताहरुलाई जनही १०–१० हजार रुपियाँ र व्यवसाय विकास तालिम प्रदान गरिने आफन्तका अध्यक्ष श्याम गिरीले बताउनुभयो ।
आफन्त नामक संस्थाले लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन गर्दै आएको छ ।
कार्यक्रममा आफन्त नेपाल प्रालीका अध्यक्ष श्याम गिरीले, ‘आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE