Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आजदेखि उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण

आजदेखि उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण

८ साउन, काठमाडौं– काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोनाको खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आजदेखि उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।

यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरण गरिँदै आएकोमा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न लाइनमा बस्नु पर्ने बाध्यता भएपछि प्रमाणिकरणका लागि अस्पताल थपिएको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE