महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा पूर्व प्रहरी पक्राउ
१७ पुष
काठमाडौं – नेकपा ओली समूहका नेता महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा प्रहरीले एक पूर्व प्रहरीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक ९असई० डिल्लीबहादुर चन्द छन् । साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो ।
उनीविरुद्ध विद्युतीय अपराध ऐन अनुसार कारबाहीका लागि कानुन व्यवसायीमार्फत जाहेरी परेपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए । जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई बस्नेतसहित किसन गुरुङ, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण शैलीमा काठमाडौं ल्याएको विषयमा विष्टले फेसवुकमा टिप्पणी गरेका थिए ।
पक्राउ परेका चन्द नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेको प्रहरीको भनाइ छ । चन्द काममै रहेको समयमा पक्राउ गरेको नेपाली कांग्रेस बाँकेले जनाएको छ । बाँके कांग्रेसले एक विज्ञप्ति जारी गर्दै विष्टलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE