Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसदमा टेबल हुनु आपत्तिजन : भीम रावल

८ फागुन, काठमाडौं – नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य भीम रावलले राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसद्‌मा टेबल गर्न लागिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

आइतबार संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आपत्ति प्रकट गरेका हुन्। ‘स्वतन्त्र स्वाभिमानी नेपाली जनताको अपमान भएको छ,’उनले भने।

पृथ्वीनारायण शाहको पालादेखि नेपाल कसैको अधिनमा नभएको अवस्थामा आज संविधान मिच्ने काम भएको उनको भनाइ छ।

‘संसद्‌मा राजनीतिक दलहरुबीच सहमति नभइ र प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहेका बेला कसरी टेबल भयोरु,’उनले भने,‘प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहेको सरकारमा सहभागी दलहरुबीच सहमति नभइरहेको अवस्थामा यो टेबल हुनु आपत्तिजनक छ।’

WRITE COMMENTS FOR THIS ARTICLE