Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द

काठमाडौं –  वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द हुने भएको छ ।कोरोना भाइरसको संक्रमण फैलिएपछि वीर अस्पतालले आज सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जनाएको हो ।

अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ, भने ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । संक्रमित स्वास्थ्यकर्मीहरुको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE