Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सर्तसहित लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सीसीएमसीको सिफारिस

२ असार, काठमाडौं – कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति ९सीसीएमसी०ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले नेपाल प्रेसलाई बताए ।

‘संक्रमणको परिस्थिती हेरेर तत्कालका लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेका छौं’ प्रवक्ता खतिवडाले भने, ‘केही सर्तसहित खुलाउन भनेका छौं ।’

संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनले जनाए । लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले नै अनुमति दिनुपर्ने उनको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE