Date
सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

काठमाडौँमा मधेशी युवकमाथि नश्लीय विभेद विरुद्ध जनकपुरमा विरोध प्रदर्शन

रवि ऋषि
जनकपुरधाम – नेपाल प्रिमियर लिग (एनपिएल) को समापनपछि मधेशी युवकमाथि काठमाडौँमा नश्लीय विभेद र आक्रमणको घटना सार्वजनिक भएपछि जनकपुरमा विरोध प्रदर्शन भएको छ।

जनकपुर बोल्टसले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेपछि, केही समर्थकले जनकपुर बोल्टसका फ्यानहरूमाथि सम्प्रदायिक विभेद र आक्रमण गरेको घटना सार्वजनिक भएको हो । उक्त घटना विरुद्ध विरोध प्रदर्शन गरिएको हो।

आईतबार जनकपुरको जनकचोकमा विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्दै घटनाका दोषीलाई कारबाहीको माग गरे। प्रदर्शनकारीहरूले घटनासँग सम्बन्धित भिडिओ प्रमाणलाई आधार मानेर प्रहरीले तत्काल दोषीमाथि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

यो घटना खेलको भावनालाई नै कलंकित गर्ने र मधेशी समुदायप्रतिको विभेदको संकेत भएको भन्दै प्रदर्शनकारीहरूले न्यायको लागि आवाज उठाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE