Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

बाघको आक्रमणबाट चितवनमा एकको मृत्यु

१९ आश्विन,चितवन – मंगलबार दिउँसो पौने १ बजे खैरहनी नगरपालिका वडा नम्बर १३ कुमरोज सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो

घाँस-दाउरा लिन जानेक्रममा सोही ठाउँका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सो खबर पाएपछि आठ वटा हात्तीसहित प्रहरी र सेनाको टोली खटिएको थियो। खोज्ने क्रममा साढे २ बजे उनको शव फेला परेको थियो। आक्रमण गरेको स्थानभन्दा एक सय मिटर टाढा झाडीमा शव फेला परेको छ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE