महन्थ-राजेन्द्र देउवा निवासमा बुढानिलकण्ठ
३० बैशाख, काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि आह्वान गरेको समय आज सकिदैछ । त्यसैले महन्थ–राजेन्द्र नयाँ सरकार गठनबारे छलफल गर्न त्यहाँ पुग्नुभएको हो ।
देउवालाई भेट्न सुरूमा नेता महतो पुग्नुभएको थियो । त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुग्नुभएको हो । महन्थ–राजेन्द्र पक्षले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको बुझिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE