Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

५० लाख धरौटी बुझाएर रिहाभए चूडामणि शर्मा

१२ आश्विन, काठमाडौँ –तत्कालीन कर फछ्र्योट आयोगका सदस्य–सचिव चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

‘उपस्थित हुने निवेदन’हालेर अदालतमा हाजिर भएका शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश गर्नुभएको हो। धरौटी बुझाएर उहाँ छुटनुभएको छ ।

कर फछ्र्योट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियारले उनिविरुद्ध मुद्दा दायर गरेको थियो ।

असार ९ मा आयोगले शर्मा सहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकाललाई पनि विपक्षी बनाएर मुद्धा  दायर गरेको थियो । उनीहरुले कर फछ्र्योट आयोग ऐन–२०३३ अनुसार राम्रो नियत नराखी गलत नियतले काम गरेको अख्तियारले आफ्नो अभियोग पत्रमा जिकिर गरेको छ ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE