कोरोनाभाइरस खोप (भ्याक्सीन) कहिले सम्म उपलब्ध होला? यस्ता छन वैज्ञानिकका अहिले सम्मका उपलब्धी
एजेन्सी-कोरोनाभाइरस (कोभिड १९) संसारभर फैलिरहेको छ, तर शरीरलाई यो रोगबाट जोगाउने कुनै किसिमका खोपहरू भने छैनन् । चिकित्सा अनुसन्धानकर्ताहरूले यसलाई खोप बनाउन दिन रात कडा मेहनत गरिरहेका छन् । यद्दपी अहिले सम्म सफल भने हुन सकेका छैनन् ।
कोरोनाभायरस खोप किन महत्त्वपूर्ण छ?
यो भाइरस सजिलै एक व्यक्तिबाट अर्कोमा सर्ने भएकोले यो भाइरस सजिलै फैलिन्छ । भ्याक्सिनले भाइरससँग लड्नको लागि मानिसको शरीरको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर शरिरलाई सुरक्षा प्रदान गर्दछ जसबाट यो भाइरसको प्रतिकार गर्न सक्ने क्षमाताको विकास हुन्छ र यो भाइरसले मानिसको सरिरमा हानी पुर्याउन सक्दैन ।
चिकित्सा अनुसन्धानकर्ताहरु खोपको कति नजिक छन् ?
अनुसन्धान निकै दु्रत गतिमा भइरहेको छ । अनुसन्धानकर्ताहरुले यो खोप निर्माण गर्न कुनै कसुर बाँकी राखेका छैनन् । अहिले विश्वभरि करिब ८० समूहले भ्याक्सिनको अनुसन्धान गरिरहेका छन र केहि क्लिनिकल परीक्षणमा प्रवेश गरेका छन् ।
१. खोपका लागि पहिलो मानव परीक्षणः अमेरिकाको सिएटलका वैज्ञानिकहरूले गत महिना मानिसमा भ्याक्सिनको परिक्षण गर्ने घोषणा गरेका थिए ।
२. अक्सफोर्डमाः युरोपमा पहिलो मानव परीक्षण झण्डै ८ सय भन्दा बढीमा गरिदै छ । यहाँ आधाले कोविड १९ को खोप लिनेछ र बाँकीलाई नियन्त्रण खोप (कन्ट्रोल भ्याक्सिन) लगाइने छ, जसले कोरोना भाइरसबाट जोगाउदैन यो नियन्त्रण खोपले मेनिन्जाइटिसबाट बचाउँछ ।
३. फार्मास्यूटिकल जायन्ट्स सानोफी र जिएसकेले खोप विकास गर्न समुह निर्माण गरेका छन् ।
४. अस्ट्रेलियाका वैज्ञानिकहरूले दुईवटा सम्भावित खोपको साथ फेरेट इन्जेक्सन गर्न थालेका छन् । यो जनावरहरू सम्मिलित पहिलो व्यापक पूर्व क्लिनिकल परीक्षण हो, र अन्वेषकहरूले अप्रिलको अन्त्यसम्ममा मानव परीक्षण गर्ने तयारीमा छन् । यद्यपि कसैलाई पनि यी खोपहरू कत्तिको प्रभावकारी हुनेछ भन्ने अहिले नै थाहा छैन ।

हामीसँग कोरोनाभाइरस खोप कहिले सम्म उपलब्ध होला त?
बैज्ञानिकहरुका अनुसार एक खोप विकास गर्न सामान्य रूपमा वर्षौं लाग्छ र दशकौँ पनि लाग्न सक्छ । तर अन्वेषकहरूले आशा गरेका छन् कि कोरोनाको भ्याक्सिन अबको केहि महिनामा नै केही मात्रामा विकास गर्न सक्ने छन् । धेरै विज्ञहरूको विचारमा यो खोप २०२१ को बीचमा उपलब्ध हुने सम्भावना छ, नया भाइरस पहिचान भएको लगभग १२ देखी १८ महिना पछि । त्यो एक निकै विशाल वैज्ञानिक उपलब्धि हुनेछ तर बैज्ञानिकहरु अझै ढुक्क भने छैनन् । किन भने यो भ्याक्सिनले सत प्रतिसत काम गर्छ या गर्दैन भन्ने कुरामा उनिहरु विस्वस्त छैनन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE