Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बेलझुन्डीस्थित कोरोना अस्पतालमा अक्सिजन अभाव, ४० बिरामीको ज्यान जोखिममा

१९ वैशाख, काठमाडौँ – दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव भएको छ । अक्सिजन नभएपछि ४० बिरामीको ज्यान जोखिममा रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताउनु भयो ।

अहिले अस्पतालमा रहेका ५९ बिरामीमध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेकोमा मौज्दात रहेको अक्सिजन पनि सकिएको उहाँले जानकारी दिनु भयो ।

‘हिजो रातिदेखि नै अक्सिजनको व्यवस्था गर्न अनुरोध गरे पनि कसैले केही गर्न सकेन । अहिले एक्कासि अक्सिजन सकियो,’ उहाँले भन्नु भयो, ‘अहिले स्थिति संकटपूर्ण छ । बिरामी बचाउन गाह्रो भयो ।’

यो अस्पतालमा शनिबार मात्रै १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या तयार पारिएको थियो । यसअघि ५ आईसीयू र ३० सामान्य गरी ३५ शय्या मात्रै थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: