Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेपाल समूह छोडेर आएका तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

१० बैशाख, काठमाडौँ – नेता शेरबहादुर तामाङलाई नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पहिले नेपाल समूहमा रहेका तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।

तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उहाँ  ओली  सरकारमा कानुन मन्त्री बन्नु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE