Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

रुपा सुनार प्रकरणः सर्वोच्चले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ

रुपा सुनार प्रकरणः सर्वोच्चले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ

२३ असार, काठमाडौं– रुपा सुनार प्रकरणमा सर्वोच्च अदालतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्चले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माफ गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ ।

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेका थिए । प्रहरी र सरकारी वकिल कार्यालयले यस विषयमा उजुरी लिन नमानेपछि रुपाले मन्त्री र घरबेटीविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

यो मुद्दामा सर्वोच्च अदालतले मन्त्री श्रेष्ठसहितका विपक्षीसँग लिखित जवाफ पनि माग गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE