सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई घाटा, कसलाई फाइदा ?
१४ बैशाख, काठमाडौँ – अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक ९एआईजी०को एक वर्ष पदावधि थप भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो ।
सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्को लविंग हुँदै आएको थियो ।
सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चाररचार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।
तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको समयमा सशस्त्र प्रहरी नियमावली २०७२ आएको हो । नयाँ नियमावली आउनु अगाडि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदावधि पाँच वर्ष रहेको थियो ।
तत्कालीन आईजीपी वन्तले एआईजी र डीआईजीलाई संगठन र नेतृत्वप्रति जिम्मेवार र अनुशासित बनाउन, कार्यसम्पादन राम्रो र क्षमता भएकालाई अगाडि बढाउने उद्धेश्यले नियमावलीमा चार जोड एकको व्यवस्था गरेका थिए ।
म्याद थप गरिएका दुबै जना एआईजी आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्को वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्नेछन् ।
सशस्त्रमा हाल एआईजीको दरबन्दी दुुई ओटा मात्रै रहेको छ । यही अवस्था रहेको अवस्थामा हाल सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी )रहेका खड्गबहादुर राई र मन्दिप श्रेष्ठ डीआईजीबाटै अवकाश पाउने भएका छन् । अब उनीहरुले आगामी २६ माघमा अवकाश पाउने छन् । सरकारले उनीहरु दुुबैको एक वर्ष म्याद थप गरेको थियो । दुबै एआईजीको म्याद थप नभएको भए राई खनालपछि एक वर्षका लागि सशस्त्रको नेतृत्वमा पुग्ने थिए । राई ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE