देशभर चिसो बढ्योः उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो
३ मसिंर
काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो ।
अहिले सुदूरपश्चिमको पहाडि भूभागमा आंशिक बदली र यसको तराई भुभागमा हुसु्–कुहिरो लागेको छ बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिनप्रतिदिन जाडो बढ्दै गएको छ। सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो। आजको अपडेट पौने ९ बजेपछि मात्र आउँछ।
यस्तै मंगलबार काठमाडौं उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ। महाशाखाका अनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको हो।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE