विद्यालयको भौतिक निर्माणमा जनप्रतिनिधिको हस्तक्षेप भएको भन्दै विद्यालयमा पाँच दिनदेखि ताला
लुम्बिनी- विद्यालयमा पाँच दिनदेखी ताला लाग्दा पठनपाठन प्रभावत बन्न पुगेको छ । जुकेना शिवाहदह माविमा पाँच दिनदेखि लागेको ताला नखुल्दा ५०० भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । विद्यालयको भौतिक निर्माणमा दलका जनप्रतिनिधिले हस्तक्षेप गरेको भन्दै विद्यार्थी आन्दालित भएका हुन् ।
बहालवाला प्रध्यानाध्यापकलाई हटाउन खोजिएको, विद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको सात लाख, वडा कार्यालयबाट परेको तीन लाख, पुस्तकालय निर्माणका लागि प्रदेश सरकारबाट आएको तीन लाख रुपैयाँको काम नै गर्न नदिएर फ्रिज गराउन खोजेको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरूले लामोसमय देखी दरबन्दी अनुसारका निमावि तहमा दुई जना, मावि तहमा एक जना शिक्षक नहुँदा पठनपाठन प्रभावित हुँदासमेत जनप्रतिनिधिले विषयगत शिक्षक राख्ने विषयमा कुनै चासो नदिएको विद्यार्थीको आरोप छ। भौतिक निर्माणको आर्थिक पाटोमा दलका जनप्रतिनिधिले आँखा लगाएको भन्दै विद्यार्थीले शुक्रबार विद्यालयमा तालाबन्दी गरेका हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE