Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

सरकारको नेतृत्व लिने राजनीतिक वातावरण बनिसकेको छैन : कांग्रेस

५ चैत
काठमाडौँ –
नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिएको छ । बिहीबार सानेपास्थित पार्टी कार्यालयमा सञ्‍चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालीन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिए।

यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा रहेको उनले बताए । वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको प्रश्नमा उनले आफैसंग भएको सांसद संख्या र अन्यदलहरू भित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आईनसकेकाले पार्टीले पनि धारणा तय नगरेको स्पष्ट बताए । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने बताए ।

उनले भने, ‘जसलाई सत्ता चलाउन म्यान्डेट दिएको हो त्यो खण्डित भइसकेको अवस्था छ । अहिले त्यो गठबन्धन पनि भत्कियो। त्यसैले कांग्रेस पहिले प्रतिपक्षी बसेको थियो । अब सत्तामा जानै हुन्न भनेर भनिरहेको अवस्था हो भनेर हामी पनि मान्दैनौ ।’

उनले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पारे । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दे कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE