Date
बिहि, माघ ३, २०८१
Thu, January 16, 2025

त्रिमुर्ती एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

काठमाडौं । त्रिमुर्ती एकेडेमीले २०८० सालको एसईई परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीहरुलाई विदाइ तथा सम्मान गरेको छ । शनिबार काठमाडौँको बाँसबारी, पिपलबोटस्थित विद्यालय प्रागणमा एक समारोहकाबिच विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभा सदस्य सिता मिजारको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै सांसद पौडेलले क्षमता  भएका विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताउनुभयो । सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरु रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्टता हासिल गर्न विद्यार्थीलाई सुझाव दिनुभयो ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य सिता मिजारले विद्यालयको शिक्षालाई सही ठाँउमा प्रयोग गर्न र निर्णय लिँदा सोचेर लिन विद्यार्थीहरुलाई सुझाव दिनु भयो । उहाँले विद्यार्थीहरुलाई स्वदेशमा नै अवसर प्रदान गर्न सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै त्रिमुर्ती एकेडेमीका प्रिन्सिपल प्रा.डा. किशोरकुमार राजभण्डारीले विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद् रहेको बताउनुभयो । उहाँले विद्यालय  शिक्षामा जस्तै आगामी दिनहरुमा  पनि सफलताको शुभकामना दिँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ््ना विद्यार्थीहरुले ख्याती कमाउन सफल हुने विश्वास  व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका भाइस प्रिन्सिपल सिताराम भट्टराईले विद्यार्थीको उज्ववल भविष्यको लागि शुभकामना दिनुभयो । साथै उहाँले विद्यालयको शतप्रतिश नतिजा प्राप्त गर्नका लागि सहयोग पु¥याउने शिक्षक, विद्यार्थी, प्रशासन तथा सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयको सञ्चालक जिन्तु नकर्मी खनालले शिक्षक, अभिभावक र विद्यार्थीको लगनशीलताले यो उपलब्धी हात परेको बताउनुभयो । उहाँले विद्यालय प्रशासनले आगामी दिनमा विषयगत शिक्षकलाई सम्मान गर्ने बताउनुभयो ।

त्रिमुर्ती एकेडेमीबाट ३२ प्रतिशतले ‘ए प्लस’, ५८ प्रतिशतले ‘ए’ र १० प्रतिशतले ‘बी’ ल्याउन सफल भएका  थिए । विद्यालयले ए प्लस ल्याउने विद्यार्थीलाई जनही नगद १४ हजार रुपैँयाले सम्मान समेत गरेको थियो । कार्यक्रममा प्रा.डा. श्रीराम प्रसाद उपाध्याय न्यौपाने, प्रा.डा. रामचन्द्र पोख्रेल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका कोओडिनेटर हिमालय विक्रम देउवाले गर्नुभएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE