Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

श्रद्धाञ्जली सभामै देउवा–पौडेलबीच जुहारी !

२० फागुन
काठमाडौं –
नेपाल कम्युनिस्ट पार्टी दुई कित्तामा बाँडिएसँगै नेपाली कांग्रेसले कुन कित्तालाई सहयोग गर्ला भन्ने जिज्ञाशा सर्वत्र चर्चाको विषय बनेको छ । कांग्रेसले भने यस विषयमा आधिकारिक धारणा बनाइसकेको छैन । पार्टीका शीर्ष नेताहरूले आफू अनुकूलका धारणा दिँदै आएका छन् ।पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जलीसभामा सहभागी भएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सत्ताको विषयलाई लिएर जुहारी चलेको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १०औं दिनको पुण्यतिथिमा चितवनमा आयोजित शोकसभामा उहाँहरुबीच जुहारी चलेको हो ।

सोही श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताउनुभएको हो । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाऊँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।’देउवाले पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ भन्नुभयो । उहाँले रानाभाटको राजनीतिक संघर्षको चर्चा गर्दै एकपटक मन्त्री बनाउने आफ्नो चाहना पूरा नभएको बताउनुभयो ।

यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE