Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

संघियता खारेजी गर्ने र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह गर्ने रवीन्द्र मिश्रको प्रस्ताव

संघियता खारेजी गर्ने र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह गर्ने रवीन्द्र मिश्रको प्रस्ताव

११ साउन, काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याएका हुन् ।

उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् । उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE