Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

प्रधानमन्त्रीबाटै राष्ट्रिय सार्वभौमिकता र हितलाई कमजोर पार्ने काम भयो : प्रवक्ता श्रेष्ठ

९ कात्तिक
काठमाडौँ – सत्तारुढ दल नेकपाका प्रवक्ता तथा पूर्व-परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत बुधबार राति भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकोको ‘गुप्त’ भेटले राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउने बताउनुभएको छ ।

उहाँले कूटनीतिक मर्यादा विपरीत प्रधानमन्त्रीले विदेशी जासुसी अधिकारीलाई बोलाएर भेट्नु देशको सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने हर्कत रहेको बताउनुभएको हो ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएको छ, ‘मेरो विचारमा  नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा देशको प्रधानमन्त्रीले विनाकुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको यो पहिलो घटना हो ।’

उहाँले नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्ने बताउँदै तर त्यसो नभएको स्पष्ट भइसकेकोले यो राष्ट्रिय स्वाभिमान विपरीत रहेको धारणा राख्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE