‘मेरो सेयर’मा थपियो ‘माइ होल्डिङ्स’ को सुविधा, आफूले सेयर राखेको अवधि थाहा पाइने
‘मेरो सेयर’मा थपियो ‘माइ होल्डिङ्स’ को सुविधा, आफूले सेयर राखेर अवधि थाहा पाइने
४ साउन, काठमाडौं– नयाँ आर्थिक वर्षदेखि सेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेसँगै केन्द्रीय निक्षेप प्रणाली सीडीएससीको ‘मेरो सेयर’ सफ्टवेयरमा नयाँ सुविधा थप गरिएको छ ।
नयाँ पुँजीगत लाभकार साउन १ गतेदेखि लागू भएको हो । नयाँ पुँजीगत लाभकर निर्धारण भएसँगै सीडीएससीले ‘मेरो सेयर’मा सेयर अवधि गणना गर्ने ‘माई होल्डिङ्स’ नामक सुविधा थप गरेको हो ।
उक्त सुविधा ‘मेरो सेयर’मा आइतबार साँझ ७ बजेपछि थप गरिएको हो ।
उक्त सुविधा थपिएसँगै लगानीकर्तालाई आफूले किनेको शेयर कति समय होल्ड गरें भन्ने कुरा सोही सुविधामार्फत थाहा हुने सीडीएससीले जनाएको छ ।
सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने क्रममा नयाँ पुँजीगत लाभकरमा लगानीकर्ताले एक वर्षभन्दा कम समयमा सेयर बेचेमा ७.५ प्रतिशत लाभकर र १ वर्षभन्दा बढी होल्ड गरेको छ भने ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको थियो ।
सो व्यवस्था साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै लागू भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE