Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेलाई सर्‍यो

२४ फागुन
काठमाडौँ –
नेकपा दाहाल-नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सारेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेको लागि सारिएको छ ।

कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।

सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न दाहाल-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE