Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

एमसीसी चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौँ : परराष्ट्रमन्त्री खड्का

१३ आश्विन, न्यूयोर्क –परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताउनुभएको छ । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा  खड्काले भन्नुभयो, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’

एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उहाँले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताउनुभयो । हामीलाई यो चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौँ , नभए नगरौँ , खड्काले भन्नुभयो ।

एमसीसीलाई धेरै गिजोल्न तिर लाग्न नहुने बताउँदै उहाँले यो एक दलले मात्र गरेर नहुने बताउनुभयो । “सरकार वा कुनै एक दलले मात्र चाहेर एमसीसी पारित हुने अवस्था छैन । यसमा राष्ट्रिय सहमति अवश्यक छ,” उहाँले भन्नुभयो । राजनीतिका दलकै पिच्छेको विदेश नीतिले मुलुकको वैदेशीक सम्बन्ध संचालन हुन नहुने बताउनुभयो ।

देशको विदेश नीतिलाई राजनीतिक दलको नीतिले प्रतिस्थापन गर्ने खोज्दा समस्या आउछ । “म सबै राजनीतिक दलको सहमतिको आधारमा अगाडि बड्ने छु,” उहाँले भन्नुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, न्युयोर्क च्याप्टर प्रेसिडेन्ट आङगछिरिङग शेर्पा, समाजिक अभियन्ता डा.विष्णुमाया परियार, प्रवासी मञ्चका टेक गुरुङ​, एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष केशव पौडेल, पत्रकार किरण मरहठ्ठा लगायतले नेपाली अमेरिकन समुदायको चासो र चिन्ताका बारे जानकारी गराउनुभएको  थियो ।

यस्तै एनआरएनएका महासचिव अन्जनकुमार चापागाँईले एनआरएनएको समस्या बारे ज्ञापनपत्र बुझाउनुभएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE