सांगठनिक एकीकरणका निम्ति सुझाव पेस गर्न गठित नेकपा कार्यदल भंग
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकले सांगठनिक एकताका लागि गठन गरेको कार्यदल विघटन गरेको छ । आज बिहान बसेको सचिवालयको बैठकले एकीकरणका बाँकी काम सबै सचिवालयले हेर्ने गरी कार्यदल भंग गरेको हो । अब बाँकी काम सबै सचिवलालयले गृहकार्य गरेर प्रस्ताव सहित स्थायी कमिटिमा लैजाने छ । बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो ।
बैठकमा कार्यदलले थप एक साताको समय मागेपछि प्रधानमन्त्री केपीशर्मा ओलीले कार्यदल भंग गर्ने प्रस्ताव गर्नुभएको थियो । तर, शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ ।
यता, कार्यदल सदस्य योगेश भट्टराईले पार्टीको कार्यदल विघटन गरिएकोप्रति आपत्ति जनाउनुभयो । कार्य दलले काम गर्न सके÷नसकेको सही समिक्षा समेत नगरी कार्यदल भंग गरिएकोमा उहाँको आपत्ति थियो । भट्टराईले कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलका कारण कार्यदल विघटन गरिएको भन्दै आक्रोश समेत पोख्नुभएको थियो ।
गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्य दल गठन गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE