Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

संसद् पुनर्स्थापना गर्ने आदेश, विधिको शासन कायम : सर्वोच्च बार

१२ फागुन
काठमाडौं –
सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको ठहर गरेका छन ।

सर्वोच्च बारले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशले मुुलुकको वर्तमान संवैधानिक संकटलाई समयमै निकास दिएको बताएको छ ।

सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशले विधिको शासन, संविधानवाद र संवैधानिक सर्वोच्चता कायम गर्दै न्यायलय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE