Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

अमेरिकामा नेपाली उबर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ

२८ फागुन
काठमाडौँ – क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी छन्। चालकमाथि दुर्व्यवहार र लुटपाट गर्नखोजेको आरोपमा प्रहरीले दुईमध्ये एक जनालाई लास भेगासबाट बिहीबार पक्राउ गरेको हो ।

सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। किङलाई त्यहाँको समयअनुसार बिहीबार दिउँसो गिरफ्तार गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मार्च ७ मा उक्त घटना भएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। खड्काले ती युवतीहरुलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरूले दुर्व्यवहार गरेको बताइएको छ । उनीहरुले खड्कालाई जातीय गाली गर्दै उनको फोन खोसेर मास्क च्यातिदिएका थिए।

त्यस्तै घटनाकी अर्की शंकास्पद २४ वर्षीया अर्ना किमिआई भने अझै पक्राउ परेकी छैनन्। यद्यपि उनी प्रहरीको सम्पर्कमा रहेको र आफैँ उपस्थित हुने जानकारी कानुनी सल्लाहकारमार्फत जानकारी गराएकी छिन् ।

सन फ्रान्सिस्को प्रहरीले एउटी युवतीले चालकमाथि पिरो स्प्रे समेत छर्किएको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE