Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

१२ किलो गाँजा सहित एक जना पक्राउ

१४ फागुन
काठमाडौं – म्याग्दी , मालिका गाउँपालिका – २ मा अवैध १२ किलो लागूऔषध गाँजा सहित  एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३४ वर्षीय होम बहादुर पुन रहेका छन् । पुनलाई हिजो बिहान पक्राउ गरेको हो ।

पुनले बाख्राको खोरमा करिब १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दरवाङको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी रंगेहात पक्राउ गरेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE