Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

१८ फागुन
काठमाडौं –
पूर्व सञ्चारमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

गोकुल बाँस्कोटाका पिता हरि प्रसाद बास्कोटाको आज मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे निधन भएको हो ।

विगत धेरै महिनादेखी बिरामी रहेका गोकुल बाँस्कोटाका पिताको ९२ वर्षको उमेरमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ ।

हरि प्रसाद बास्कोटाका गोकुल, केशव, उद्धव र माधव बास्कोटा सहित चार दाजुभाइ छन ।

WRITE COMMENTS FOR THIS ARTICLE