Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

ललितपुरका सिडिओले भने, ‘दशैँसम्म निषेधाज्ञा कायम राख्नु भन्दा अर्को उपाय छैन’

२१ भाद्र

काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञा जारी गर्नुपर्ने बताउएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकनका लागि गठित उपसमितिको बैठकमा बोल्दै उहाँले निषेधाज्ञा दशैँसम्म लम्ब्याउनुपर्ने बताएका हुन्

उनले जात्रा, चाड पर्व जस्ता कुरा मानिसको भावनासँग जोडिएकोले त्योसमय झनै भीडभाड हुनसक्ने भन्दै दशैँको बेलासम्म निषेधाज्ञा कामय गरेर कोरोना भाइरस संक्रमणलाई राक्नुपर्ने बताए ।

हिन्दु नारीहरुको चाडमासमेत निषेधाज्ञा जारी गरेको औल्याउदै दशैँमा झनै आवतजावत बढी हुने भएकाले यसलाई कायम नराखे कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जानसक्ने बताएका हुन् । बिहीबार ललितपुरमा भएको स्थानीय र प्रहरीबीच भएको झडपबाट पाठ सिक्दै आगामी दिनमा फरक रणनीति बनाएर सुरक्षा व्यवस्था कडाइ गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE