विवाहपछि अचानक मोटाउँछन् मानिस ?
एजेन्सी – मानिसहरू विवाहपछि मोटाउने गरेका छन् । विवाह अघि दुब्लाउन वा फिट रहन मेहनत गर्ने मानिस विवाहपछि भने फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले अधिकांश मानिस विवाहपछि अस्वाभाविक रूपले मोटाउने गर्दछन् ।
१.हर्मोनल परिवर्तन
विवाहपछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरीरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुन सक्छ ।
२. निन्द्रा नपुग्नु
विवाहपछि ब्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरू पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७र८ घण्टा राम्रोसँग नसुत्दा शरीरको मेटाबोलिज्म कम हुने गर्दछ, जसले तौल बढ्ने गर्दछ ।
३. तनाव
विवाहपछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरू तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ, जसले तौल बढ्ने गर्दछ ।
४. सोचमा परिवर्तन
मानिसहरू विवाहपहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिट्नेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाहपछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरू छुट्ने गर्दछन्, जसले तौल बढ्छ
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE