Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल राष्ट्र बैङ्क ६२ वर्षमा प्रवेश, मौद्धिक अर्थतन्त्रमा सुधार

काठ्माडौँ – नेपाल राष्ट बैँकका गभर्नर डा. चिरञ्जीवि नेपालले आर्थिक वर्ष २०७३/७४ अर्थतन्त्र पुर्नरुत्थानको बर्षको रुपमा रहेको बताउदै मौद्धिक स्थायित्व र बित्तिय क्षेत्र पनि सवल रहने बताउनु भएको छ । गभर्नर नेपालले संरचनागत सुधार र लगानीमैत्री वातावरण बनाउन राष्ट्र र्बैकले उच्च र दिगो आर्थिक वृद्धिको लागि आवश्यक नितिगत ब्यवस्था गर्ने बताउनु भयो । डा. नेपालले आपूर्तिमा सहजता तथा कृषि उपजमा भएको वृद्धिलगायत कारण पछिल्ला महीनामा मुद्रास्फीति निरन्तर घट्दै गएको र २०७३ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत रहने अनुमान गरेको बताउनु भयो ।

विहिबार नेपाल राष्ट बैँकले ६२ औँ स्थापना दिवसमा बोल्दै नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरञ्जीवि नेपालले मुलुकको मौद्धिक अर्थतन्त्रमा सुधार भएको बताउदै बित्तिय क्षेत्रको औजारहरु प्रभावकारी भएको बताउनु भयो । आर्थिक बर्ष ०७३/७४ मा विस्तृत मुद्राप्रदाय ९ दशमलब ५ प्रतिशतले वृद्धि भएको र वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २८ दशमलब ९ प्रतिशतले वृद्धि भएको बताउदै गभर्नर नेपालले वित्तीय पहुच कम भएका क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यले मनाङ, जुम्ला, हुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ्ग, बाजुरा र दार्चुला गरी १० जिल्लाहरुमा घ वर्गका लघुवित्त वित्तीय संस्थाको ईजाजत प्रदान गर्ने निति तर्जुमा गरीएको बताउनु भयो ।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई प्रभावकारी बनाउन नसक्दा औपचारिक माध्यमबाट आउने विपे्रषण घटेको बताउनु भयो । अहिले मुद्रास्फीति सुधारोन्मुख दिशामा गइरहेको बताउँदै अहिले मूल्य वृद्धि करीब २ दशमलव ९ प्रतिशत रहेको बताउनु भयो। वित्तीय क्षेत्र सुधारका लागि राष्ट्र बैङ्कले अवलम्बन गरेको ‘बासेल थर्ड’ र जोजिममा आधारित अनुगमन ९आरबीएस०प्रणाली ‘ख’ वर्गका वित्तीय संस्थामा पनि लागू गर्न शुरू गरिएको जानकारी दिनुभयो। डेपुटी गभर्नर सिवाकोटीले बैकिङ क्षेत्रको सेवालाई प्रभावकारी र गुणस्तरिय बनाउने तर्फ केन्द्रिय बैक केन्द्रित रहेको बताउनु भयो । उहाँले यस बर्षै देखि सम्पुर्ण बैकिङ क्षेत्रमा ब्याजको मापदण्ड बनाउने बताउनु भयो । सिवाकोटीका अनुसार बैङ्कमा १ करोड ८२ लाख खाता खुलेको, १ हजार ९ सय ८५ ओटा एटीएम, ८ सय ८२ बीएलबी सेण्टर, डेबिट कार्ड ४८ लाख र क्रेडिट कार्ड ५९ हजार रहेका छन् । उनले बैङ्कहरूको निष्क्रिय कर्जा २ दशमलव १३ प्रतिशतमा झरेको जानकारी पनि दिए । सिवाकोटीले नेपालभर १ सय ७१ ओटा वित्तीय संस्थाका ४ हजार ५ सय ८९ ओटा शाखा रहेको र प्रतिशाखा ६ हजार २ सय जनताले वित्तीय सेवा पाएको पनि बताए । यो वर्षदेखि माइक्रोफाइनान्समा पनि लाइसेन्स नीति कडा रूपमा लागू भएको जानकारी दिनुभयो ।

६२ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल राष्ट बैँकका बिभिन्न पुर्व गर्भनरहरुको सहभागिता रहेको कार्यक्रममा पुर्व गर्भनर डा भेषबहादुर थापाले राष्ट्र बैकलाई सरकारी हस्तक्षेपबाट मुक्त राख्नु पर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्र बैकले बिभिन्न क्षेत्रका ब्यक्तिहरुको साथै राष्ट्र बैकका कर्मचारीलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE