Date
मङ्ल, बैशाख २३, २०८२
Tue, May 6, 2025

सरकारी जीप दुर्घटना : १ जना मृत्यु, ५ घाइते

१५ साउन, काठमाडौँ – ढल्वेबर–जनकपुर सडकअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको सपहीमा सरकारी नम्बर प्लेटको स्कार्पियो पिकअप जीप दुर्घटना हुँदा १  जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

आज विहान जनकपुरधामतर्फ आउँदै गरेको ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको हो ।

प्रहरीका अनुसार स्कार्पियोमा सवार महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने दीपक यादवको मृत्यु भएको छ ।यस्तै स्कार्पियोमै सबार ५ जना घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । स्कार्पियो कुन कार्यालयको भन्नेबारे प्रहरीले केहि बताएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE