Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

सपनाले थिचेको त्यो दिन

  • कृष्णा चौलागाईं

ठेस लागेको ठाँउ अझै पार गर्न सकेको रहेनछु । आजकै दिन समय सायद मध्यान्न १२ः१५ जति भएको थियो होला । एउटा सपनाको पखेटा चुडिएको थियो । जस्लाई जोड्नको लागि मैले त्यसपछि कहिल्यै आट समेत राख्न सकिनछु । गत वर्ष अंग्रेजी मिति अनुसार आजको दिन स्नातकोत्तर परीक्षा सकेर अफिस फर्किएको थिए ।

शैक्षिक परीक्षाको अन्तिम दिन र सपनाको परीक्षाको अन्तिम नतिजा सार्वजनिक हुने दिन थियो । थोरै डर भएपनि धेरै उमंगले मात्तिएकी थिए सायद । घर परिवारका केही सदस्य र केही नजिकैका मित्र पनि मेरो सपनाको उडान होस् भन्ने पर्खाइमा थिए । करिब ९९ प्रतिशत सफलताको नजिक छु भन्ने महसुस मलाई पनि थियो । शुभसमाचारको पर्खाइमा मुटु ढुक्क फुलेको थियो । क्रमश…

(‘सपनाले थिचेको त्यो दिन’ संस्मरणको एक अंश )‌

 

WRITE COMMENTS FOR THIS ARTICLE