Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

सोमबार २ बजे सर्बदलीय बैठक बस्ने : सभामुख सापकोटा

२७ भदौ, काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सोमबार (भोलि)  साढे २ बजे संसदको ल्होत्से हलमा बैठक बोलाउनुभएको हो।

आजको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन आग्रह गर्नुभएको थियो । सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो। तर, एमालेले कारवाही गरेका सांसदहरुलाई बैठकमा सहभागी गराउन नहुने भन्दै बिरोधलाई निरन्तरता दिइएको थियो ।

यसअघि आइतबार नै सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गर्नुभएको थियो । छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।

एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE