Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कक्षा १२ को परीक्षाफल १० दिनभित्र

काठमाडौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ ।

विद्यालय तहको अन्तिम परिक्षाको रूपमा हेरिएको सो परीक्षको परीक्षाफल सकभर दोस्रो सातामा नभए १५ गतेभित्र प्रकाशित गर्ने बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले नेपाल समाचारपत्रलाई बताउनुभयो । बोर्डले जेठको १६ गतेदेखि परीक्षा शुरु भएको १२ को प्रश्न परीक्षण सकेर त्यसपछिको काम शुरु भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रुाद शर्माले अब हाजिरी रुजु मार्जिनल नम्बर राखेर रुजु गर्ने लगाउतका काम बाँकी रहेको जानकारी दिँदै भन्नुभयो, ‘अबको १० दिनभित्र परीक्षफल प्रकाशित गर्ने गरी तयारी थालेका छौं’ सकेसम्म दोस्रो साताको अन्तिमतिर नभए १५ गतेभित्र परीक्षाफल प्रकाशित हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE