Date
शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

रियल मड्रिड दुई वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

२ वैशाख, काठमाडौँ  । स्पानिस क्लब रियल मड्रिड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । क्वाटरफाइनलमा दोस्रो लिगमा इंग्लिस क्लब लिभरपुलसग गोलरहित बराबरी खेले पनि समग्रमा ३-१ को जितहित रियलले अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको पहिलो लिग रियलले ३-१ ले जितेको थियो । लिभरपुलको मैदानमा भएको दोस्रो लेग गोलरहित बराबरीमा सकियो ।

सर्वाधिक १३ पटकको च्याम्पियन रियलले अब फाइनल पुग्न अर्को इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी पोर्टोलाई हराउँदै सेमिफाइनल पुगिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE