Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा

१४ साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्। गठबन्धनका सबै पक्षसँग छलफल गरी प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक नेताले बताए।

सबै पक्षले नाम दिएमा आजै सपथ हुने बताउँदै ती नेताले भने, ‘केही कारण आज हुन नसकेका भोलि (शुक्रबार) सपथ हुनेछ।’

आजै सत्तासाझेदार गठबन्धनको बैठकले मन्त्रीको टुंगो लगाउने तयारी गरेको छ भने साझेदार अन्य दलले पनि आजै नाम टुंगो लगाउने जनाएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पनि पार्टीभित्रका अन्य समूहसँग मन्त्रीका लागि नाम मागिसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आफ्नो समूहबाट ४ जना मन्त्री हुनुपर्ने माग गरेको छ। प्रधानमन्त्री देउवा भने उक्त समूहका तीन जनालाई मन्त्री बनाउन तया छन्।

यसैबीच,सरकारमा सहभागी हुनेको नाम टु्रगो लगाउन जनता समाजवादी पार्टी ९ जसपा०को जसपा कार्यकारिणी समितिको बैठक ११ बजे बालकुमारीमा बस्दै छ।

WRITE COMMENTS FOR THIS ARTICLE