Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

कांग्रेस सरकारमा जान खोज्नु उदेकलाग्दो : कमल थापा

२९ फागुन
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस सत्तामा जान खोज्नु उदेकलाग्दो विषय भएको बताउनुभएको छ । अध्यक्ष थापाले असफल र भ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेक लाग्दो भएको बताउनुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै अध्यक्ष थापाले कम्युनिष्टसॅग मिलेर सरकार बनाउन अस्विकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएको बताउदै कांग्रेसले कम्युनिष्टसँग मिलेर सरकार बनाउनु भन्दा नयाँ जनादेशको लागि चुनावमा जानुपर्ने सुझाव दिनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE