Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

चिनियाँ राष्ट्रपतिले घोषणा गरेकोमध्ये दुई लाख डोज खोप पर्सि नेपाल आइपुग्ने

चिनियाँ राष्ट्रपतिले घोषणा गरेकोमध्ये दुई लाख डोज खोप पर्सि नेपाल आइपुग्ने

१४ जेठ, काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका राष्ट्रपति सी चिनफिङले घोषणा गरेको १० लाख डोजमध्ये २ लाख खोप आइतबार नेपाल आइपुग्ने बताउनुभएको छ।

मन्त्री ज्ञवालीले स्वास्थ्य पत्रकारसँग जुम मार्फत गरेको छलफलमा उक्त जानकारी दिनुभएको हो ।

खोप मे ३० तारिख अर्थात् पर्सि तिब्बतबाट २ लाख डोज आउने उहाँले बताउनुभयो । त्यसपछि जुन १ वा २ तारिखमा थप ८ लाख खोप चीनबाट आउने पनि उहाँले बताउनुभयो ।

केही दिनअघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीबीच भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE